नेकपा.एमालेले दियो पचण्डलाई सुझाव अरुको रिपोर्टबाट नचल्नु सजिलोमा सम्झिनु पर्दैन गाह्रो परेमा हामिलाई सम्झिनु होला


४ साउन, काठमाडौं ।
प्रमुख विपक्षी नेकपा एमालेले प्रधानमन्त्री प्रचण्डलाई अरुको रिमोटबाट नचल्न र देशको कार्यकारीका रुपमा काम गर्न सुझाव दिएको छ ।

व्यवस्थापिका संसदमा नवनिर्वाचित प्रधा
नमन्त्री प्रचण्डलाई बधाई दिँदै एमाले प्रमुख सचेतक भानुभक्त ढकालले अरुको रिमोट वा योजनाबाट नचल्न सुझाव दिएका हुन् । उनले भने, ‘सगोत्रीका नाताले त्यसमा गर्व रहनेछ ।’

ढकालले सबैले मिलेर बनाएको संविधान कार्यान्वयन गर्दा पनि राष्ट्रिय सहमतिको वातावरण तयार हुनुपर्ने बताए । उनले अघिल्लो सरकारले ल्याएका संविधान कार्यान्वयन र निर्वाचन सम्बन्धी कार्ययोजनालाई प्राथमिकता दिन सुझाव दिए ।

सरकारलाई चाँडो पूर्णता दिएर असोजभित्र संविधान बमोजिम नयाँ कानुन बनेमा राष्ट्रको हित हुने भन्दै उनले सरकार त्यस यात्राबाट विचलित भएर अन्यत्र उठबस् र सत्ता स्वार्थमा लागे विपक्षीको भूमिका सशक्त बनाउनुपर्ने चेतावनी दिए । ढकालले भने, ‘नयाँ गठबन्धनको यात्रा अघि बढोस्, यसलाई हामी अप्राकृतिक भन्ने छैनौ ।’

उनले अघि भने, सजिलो हुँदा खासै सम्झिनु पर्दैन । सारो गारोमा सम्झिनु भो भने हाम्रो साथ रहने छ ।’

नेकपा माओवादी केन्द्रका अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री प्रचण्ड एक गतिशील, आलोचनालाई ग्रहण गर्न सक्ने र धेरै मानिसको विचारलाई संश्लेषण गर्न सक्ने क्षमता भएका नेता भएकाले तराई मधेसका जनतामा खुशीको सञ्चार भएको बताए ।

अनलाईन खबरबाट साभार 
Share on Google Plus

About Anonymous

0 comments:

Post a Comment