विश्व हिन्दु महासम्मेलनको बन्दसत्रमा कुटाकुट नाराबाजीकोबिच भरतकेशर अध्यक्ष घोषित

विश्व हिन्दु महासम्मेलनको बन्दसत्रमा कुटाकुट



काठमाडौँ : 
विश्व हिन्दु महासंघको राजधानीमा जारी विराट महासम्मेलनको बन्दसत्रमा विवाद हुँदा सहभागीबीच कुटाकुट भएको छ । राजधानीको कमलादीस्थित प्रज्ञाभवनमा जारी विराट हिन्दु सम्मेलनको बन्दसत्रमा शुक्रबार सहभागीहरुबीच कुटाकुट भएको हो

बिहीबार राजधानीको पशुपतिस्थित वनकालीमा उद्घाटन भएको सम्मेलनको बन्दसत्र नेपाल प्रज्ञा प्रतिष्ठानमा जारी छ । विश्व हिन्दु महासंघको अध्यक्षमा भरतकेशर सिंह सर्वसम्मत निर्वाचित भएपछि निर्वाचनको माग गर्दै एक युवाले मञ्च भत्काएपछि विवाद भएको हो । एक युवाले मञ्चको रोष्टम लडाएपछि उनलाई प्रहरीले बाहिर निकाल्न खोज्दा दुई पक्षबीच हानाहान भएको थियो ।

बिहीबारको उद्घाटन समारोह समेत भड्काउने प्रयासमा संलग्न समूहले विवाद चर्काएको आयोजकले आरोप लगाएका छन्। महासम्मेलनको बन्दसत्रमा हिन्दू सनातन मोर्चा र राप्रपा नेपाल निकट संस्थाका प्रतिनिधिले विरोध जनाउदै आएका थिए । प्रहरीले मञ्च भत्काउन र झडपमा संलग्न युवालाई बन्दसत्रबाट बाहिर निकालेपछि अहिले स्थिति सामान्य भएको छ। सम्मेलनको बन्दसत्रमा कुटाकुट भएपछि विश्वहिन्दु महासंघ भारत एकाइका अध्यक्ष आदित्यनाथले सम्मेलनमा क्रिस्चियनको घुसपैठ भएको आरोप लगाए।

आक्रोशित समूहले भारतीय जनता पार्टीका नेता आदित्यनाथविरुद्ध समेत नाराबाजी गरेको छ । यसैबिच नाराबाजीको बिच पूर्व अध्यक्ष समेत रहेका भरतकेशर सिंह अध्यक्ष भएको घोषणा गरिएको छ । पदाधिकारी भने महासमितिको सिफारिसपछि मनोनयन हुने छन् ।

नयाँपेजबाट साभार
Share on Google Plus

About Anonymous

0 comments:

Post a Comment