प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको हस्तक्षेपविरुद्ध लड्ने बताएको भोलिपल्टै भारतले यस्तो प्रतिक्रिया ।

२ श्रावण २०७३
भारतले फेरी छिमेकी मुलुक हस्तक्षेप गरेको तर आफुले नगरेको आरोप लगाएको छ । ओली सरकारलाई बचाउन भारतीय नभई चिनियाँ उच्च अधिकारीहरुले नेपालमा सबै पार्टीलाई भेटिरहेको दाबी गरेको हो भारत सरकारको उच्च स्रोतको हवाला गर्दै भारतीय पत्रिका दि हिन्दुले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको हस्तक्षेपविरुद्ध लड्ने बताएको भोलिपल्टै भारतले यस्तो प्रतिक्रिया दिएको हो ।
भारतीय अधिकारीले भनेका छन् – ’ओलीले संसदमा बहुमत गुमाए पनि सत्तामा बसिरहन भने चाहेका छन् । र,  नेपालमा चिनियाँ हस्तक्षेप भएको छ र उनीहरुले संसदमा बहुमत पुर्‍याउने कोशिश गरिरहेका छन् ।’
ओली सरकार ढाल्न भारतले कुनै भूमिका नखेलेको र उनी आफैँ काम गर्न नसकेको र सत्ता साझेदार दलले नै समर्थन फिर्ता दिएको बताइएको छ ती अधिकारीले दाबी गरेको समाचारमा उल्लेख छ ।

नौ महिना अघि माओवादीको समर्थनमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका थिए । तर, अहिले माओवादीले नै समर्थन फिर्ता लिएर सरकारविरुद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता गरेको छ । यसलाई प्रधानमन्त्री केपी ओलीले सरकार परिर्वतनको खेल स्वचालित नभई ब्याट्रीबाट चलेको संज्ञा दिएका छन् ।


स्रोत DC Nepal डट कम

Share on Google Plus

About Anonymous

0 comments:

Post a Comment