१,श्रावण २०७३-
भैरहवा भन्सार कार्यालयले पहिलो पटक सबै भन्सार कार्यालय भन्दा बढी राजस्व संकलन गर्न सफल भएको छ । आर्थिक वर्ष ०७२/७३ मा ६१ अर्ब ९१ करोड २२ लाख रुपैयाँ राजस्व उठाएर मुलुककै पहिलो भन्सार कार्यालय बनेको हो ।
यसअघि राजस्व संकलनमा पहिलो मानिदै आएको बीरगन्जलाई भैरहवाले उछिनेको छ । मधेस आन्दोलन र नाकाबन्दीका बेला करिब ६ महिना ठप्प जस्तो रहेको बीगरगन्जको विकल्प भैरहभा बनेको थियो । सामान आयातको मात्रा अत्यधिक बढेपछि त्यसको लाभ भैरहवाले पाएको हो । बीरगञ्ज भन्सार कार्यालयले यस पटक ५५ अर्व ६१ करोड रुपैयाँ राजश्व संकलन गरेको छ ।
इतिहासमै पहिलो पटक यसवर्ष सर्वाधिक भन्सार राजश्व संकलन भएर मुलुकको पहिलो भन्सार कार्यालयको रुपमा स्थापित भएको भैरहवा भन्सार कार्यालयका प्रमुख लावण्य ढकालले बताए ।
मधेश आन्दोलन र भारतको नाकाबन्दीको बेलामा यो नाका सहज बन्नुको कारणले नै यो भन्सार पहिलो बनेको ढकालले जनाए ।
गएको आर्थिक बर्षकालागि भन्सार विभागले ५२ अर्ब ९४ करोड १२ लाख रुपैया असुली गर्ने लक्ष्य भैरहवा भन्सारलाई तोकेको थियो ।
मधेश आन्दोलनको बेलामा भैरहवा भन्सार नाका अवरोध गर्न मधेसी मोर्चाले पटक पटक गरेको प्रयासलाई स्थानियवासीन्दा, सुरक्षा निकाय र भन्सार प्रशासनले बिफल बनाईदिएका थिए । साथै बीगरगन्ज नाकामा रोकिएका सामानहरु रि रुट भएर भैरहवा हुँदै आएपछि राजस्व थपिएको हो ।
रिरुट भएर भित्रिन थालेका सामानलाई आयातकर्ताले यही नाकालाई नै निरन्तरता दिन थालेका छन् । जसमध्ये सवारी साधनको आयात अत्याधिक छ । कुल भन्सार राजश्व असुलीमा सवारी साधनको योगदान ४९.८५ प्रतिशत छ । टाटा, हुन्डाई, मारुती, मित्सुबिसी, महेन्द्र लगायत्का कम्पनीको नेपालस्थित आधिकारिक बिक्रेताले आन्दोलनको बेला बीरगञ्ज नाका असहज भएपछि यस नाकाबाट आयात गर्न थालेका हुन् ।
औद्योगिक कच्चा पदार्थको आयातपनि बिगतका बर्षको तुलनामा बढ्दो छ । निर्माणाधिन ठूला ठुला तारे होटेल र निर्माणाधिन गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलको मेशिनको आयातलेपनि भन्सार राजश्व बढेको छ । गत आव ०७१/०७२ मा भैरहवा भन्सारले २५ अर्व ९७ करोड रुपैया राजश्व असुली गरेको थियो । आजको कान्तिपुर दैनिकमा खबर छ ।

0 comments:
Post a Comment