स्याङजा, २१ चैत ।
माधव खनाल
एकता युवा कल्व आधिखोला गाँउपालिका
२ (चिलाउनेभाटी ) आयोजनामा तेस्रो
आमन्त्रित खुल्ला भलिवल प्रतियोगिता तथा बिविध सांस्कृतिक कार्यक्रम २०७३ हुने
भएको छ ।
“ स्वास्थको लागि खेलकुद राष्ट्रको लागी खेलकुद तथा स्थानिय/ एतिहासिक मेला महोत्सबको जगेर्ना गर्ने हाम्रो जिम्मेवारी ” भन्नेमुल नाराका साथ बैशाखे पुर्णिमाको अबसरमा आयोजना गर्न लागिएको तेस्रो आमन्त्रित खुल्ला भलिवल प्रतियोगिता तथा बिविध सांस्कृतिक कार्यक्रम २०७३ चैत्र २८ देखी ३० सम्म चिलाउने भाटी खेल मैदानमा चल्ने छ ।
यस वर्ष प्रतियोगितामा
पुरस्कारको राशी बृद्धि गरिएको छ। प्रतियोगितामा प्रथम हुनेलाई ३० हजार मेडल र प्रमाणपत्र ,दितिय हुनेलाई २० हजार मेडल र प्रमाणपत्र
तेस्रो हुनेलाई १० हजार मेडल र प्रमाण पत्र प्रदान गरिने एकता यूबा कल्वको अध्यक्ष ले
नया घटनलाई जानकारी दिए ।
![]() |
| www.nayaghatana.com |
सास्कृतिक कार्यक्रम अन्तरगत लोक गितका कार्यक्रम , ठेलो हान्ने , घैटो फुटाउने आदी जस्ता कार्यक्रम समेत रहेको हुदां दर्शकहरुको उल्लेखनिय उपस्थितिको अपेक्षा गर्दै कार्यक्रमको शोभा बढाईदिन हुन समेत एकता यूवा कल्बले हादिक निमन्त्रणा गर्दछ । अध्यक्ष भने–‘यहाँहरुको सहयोग र सद्भावले नै कल्व यहाँ सम्म आईपुगेको छ। आगामि दिनहरुमा पनि यहाँहरुको सहयोग सल्लाहको अपेक्षा गरेका छौ ।’ एकता युवा कल्व खेलकुदको अलवा, समाजिक, साँस्कृति, कृषि, शिक्षा क्षेत्रमा पनि काम गर्दै आएको छ ।
कार्यक्रमबारे थप बुझ्न र टिम
दर्ता गर्नको लागी सम्पर्क नं क्रमश ९८४६२-७७२१६ ,९८४६१-१८४१९,९८४६८-६८१५८ र ९८२६१-७३२८७
मा सिधै सम्पर्क गरी बुझ्न सकिने ब्याबस्था रहेको नयाघटना डट कमका हाम्रा स्याङजा सम्वाददाता माधव
खनाललाई एकता युवा कल्वको अध्यक्ष कृष्ण क्षेत्री “अमृत”ले जानकारी दिए ।

0 comments:
Post a Comment