यि अभागी पति आफ्नै श्रीमतिलाई यौनसम्पर्क गर्दा जेल जान वाध्य

२ श्राबण २०७३ ओखलढुङ्गा।

आधा अङगको मालिक हुन्छन् अर्धाङगिनि , स्वास्नी नभई सुवासनि हुन्छ श्रीमती तर हरेक श्रीमानले बुझ्नुपर्ने कुरा श्रीमतीको स्विकृति विना यौन सम्बन्ध राख्नु अपराध हो भन्छ कानुन । आफ्नै श्रीमानले बलात्कार गरेको भन्दै श्रीमतीले उजुरी दिएपछि ओखलढुंगा एक श्रीमानले सजाय भोग्नु परेको छ ।  आफ्नै श्रीमतीसँग बिनास्वीकृति यौनसम्बन्ध राख्न खोज्दा ओखलढुंगा च्यानमका २९ वर्षीय नारायणबहादुर बस्नेतले ३ वर्ष कैद भोग्नुपर्ने भएको हो । 
कैदसँगै बस्नेतलाई २५ हजार जरिवानासमेत गर्न जिल्ला अदालतले आदेश दिएको छ ।
आफूलाई बलात्कार गरेको भन्दै उनकी श्रीमतीले दिएको जाहेरीमा सुनुवाइ गर्दै जिल्ला न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले उक्त फैसला गरेको छ ।
श्रीमानले नियमित रूपमा मादकपदार्थ सेवन गरी कुटपिट गर्नुका साथै यौनजन्य हिंसा गरेकाले उजुरी दर्ता गरेको पीडित महिलाले बताएकी छिन् ।
श्रीमतीले श्रीमान् बस्नेतविरुद्ध २०७२ चैत १५ गते जबरजस्ती करणी गरेको जाहेरी दिएपछि प्रहरीले बस्नेतविरुद्ध चैत १८ गते जबरजस्ती करणी मुद्दा दर्ता गरेको थियो ।

स्रोत :-दैनिक नेपाल डट कम

Share on Google Plus

About Anonymous

0 comments:

Post a Comment