कठै बरा गर्भवति श्रीमतीको सेबा गर्नुको साटो उल्टै दाम्लोमा

उदयपुर – छ महिनादेखि पशु झै दाम्लोमा बाँधिएर बस्न गर्भवती महिलाको उद्दार गरि अस्पताल भर्ना गरिएको छ । स्थानीय पत्रकार र अधिकारकर्मीको टोलीले विरामी महिलालाई आज घरबाट उद्दार गरि उपचार्थ जिल्ला अस्पताल उदयपुर ल्याएको हो ।

बुधबार रातोपाटी डट कममा ‘६ महिनादेखि गर्भवती दाम्लोमा’ भन्ने शीर्षकमा समाचार प्रकाशित भएपछि अधिकारकर्मी र संचारकर्मीको टोलीले घरमै पुगेर विरामी महिलाको उद्दार गरि जिल्ला अस्पताल ल्याईएको गैसस महासंघका अध्यक्ष महेश्वरी राईले बताईन् । अध्यक्ष राईले भनिन्, ‘बुधबार बिहानै संचारकर्मीसगै विरामीको घर पुगेर हेर्दा गर्भवतीको अवस्था गम्भिर लाग्यो तत्काल प्रहरीसँग समन्वय गरि अस्पताल ल्याउन सफल भयौँ ।’

मानसिक रोग लागेकी त्रियुगा नगरपालिका वडा नंं ५ भातिखर्ककी २२ बर्षीया सृजना कार्की (खड्का) उपचार अभावमा घरमै बाँधेर राखिएको थियो । अध्यक्ष राईका अनुसार महिलाको छ महिनादेखि लगातार बाँधेर राखिएकी उनको शरीर भरी गहिरो घाउचोट लागेको छ । खुट्टाको घाउ निकै ठूलो र गहिरो गरी पाकेको छ भने बिभिन्न भागमा घाउ खटिरा लागेको उपचारमा संलग्न स्वास्थ्यकर्मीले बताएका छन् । भएका छन् । गर्भ रहेको दुई महिनाको भएपछि श्रीमान् मनोज खड्काले छोडेर हिँडेपछि उनी परिवारको सम्पर्क नरहेको ससुरा भीम बहादुरले जानकारी दिए । छोरा फरार भएपछि ससुराले नै बिरामी बुहारीको स्याहार गर्दै आएका छन् ।
उद्दार गरी अस्पताल लगेलगत्तै बसेको महासंघको बैठकमा संकलन भएको १२ हजार रुपैंयाले हेटौंडास्थित एक पुनस्र्थापना केन्द्रसम्म लाने व्यवस्था मिलाइँदै छ । ‘अहिले जे जति खर्च जुटेको छ,’ त्यसबाट हेटौंडा पठाउदै गर्छौं’ उनले भनिन, ‘उनको उपचार हुँदै गर्छ, विस्तारै अरु खर्च जोहो गर्ने अभियानमा हामी लाग्नेछौं ।’
रातोपाटी डट कम बाट साभार
Share on Google Plus

About Anonymous

0 comments:

Post a Comment