प्रधानमन्त्री ओलीले माओवादी अध्यक्ष पचण्डलाई बालुवाटार बोलाएर सात्तो खाने गरि मंसिरको चुनाव चैत्रमा सार्ने, तपाई को हो ?’ भनि हप्काए

काठमाडौं, १५ साउन - प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई बालुवाटार बोलाएर सात्तो खाने गरि हप्काएका छन् ।   शनिबार विहानै फोन गरेर प्रधानमन्त्री ओलीले प्रचण्डलाई बालुवाटार बोलाएका थिए । प्रचण्ड बालुवाटार के पुगेका थिए ओलीले प्रश्न तेर्साए, ‘तपाईले के गर्न खोज्नुभएको ? स्थानीय तहको निर्वाचन किन सार्न खोजेको ?’   संसदमा प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव पेश भएसँगै आरोप प्रत्यारोपमा उत्रिएका प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष प्रचण्ड पहिलो पटक आज बालुवाटारमा भेटका लागि भेला भएका थिए । प्रचण्ड माओवादी नेता द्धय नारायणकाजी श्रेष्ठ र कृष्ण बहादुर महरा लिएर बालुवाटार पुगेका थिए भने ओलीसँग एमाले उपाध्यक्ष समेत रहेको उपप्रधानमन्त्री भीम रावल, संसदीय दलका उपनेता सुवास नेम्बाङ् र प्रमुख सचेतक भानभक्त ढकाल थिए । तर ओलीले प्रचण्डमाथि यस्तो अभिव्यक्ति दिएपछि माओवादी अध्यक्ष प्रचण्ड एकछिन अक्क न बक्क भएको बालुवाटार स्रोतको दाबी छ । ओलीले मंसिरमा गर्नेगरि स्थानीय तहको निर्वाचनको कार्यतालिका आफ्नो सरकारले सार्वजनिक गरिसकेको उल्लेख गर्दै कुनै पनि बहानामा यसलाई सार्न नहुने धारणा राखे ।   उता प्रचण्डले पनि कड्किँदै ओलीलाई जबाफ फर्काईदिए,‘ओली कामरेड तपाई जथाभावी कुरा नबोल्नुहोस्, मेरो नेतृत्वको सरकार बन्दैछ, संविधान कार्यान्वयन र बाँकी काम पूरा गर्न मलाई सहयोग गर्नुहोस्, यी झिनामसिना कुरामा नअल्झिनुहोस् ।’ सरकारको समर्थन फिर्ता लिएपछि भएको पहिलो वान टु वान मिटिङ्मा समेत यी दुई नेतावीच भनाभन भएपछि काँग्रेस–माओवादी केन्द्रको नयाँ गठबन्धनको सरकारमा नेकपा एमाले सहभागी नहुने माओवादी केन्द्रका एक नेताले जानकारी दिए । 


DC nepal बाट साभार

Share on Google Plus

About Anonymous

0 comments:

Post a Comment