अमेरिका— विश्वको चर्चित सामाजिक संजाल फेसबुललाई हालै मात्र बजारमा भाइरल भैरहेको मोवाइल खेल पोकेमन गोले पछि पारेको छ। हालै सार्वजनिक गरिएको एक अध्ययनले विश्वमा दैनिक फेसबुक चलाउने प्रयोगकर्ताको संख्याभन्दा पोकेमन गोको प्रयोगकर्ताको संख्या दोब्बर भएको देखाएको छ।
विगत तीन महिनामा फेसबुकमा ६० मिलियन प्रयोगकर्ता थप भएका छन्। फेसबुकका सिइओ मार्क जुकम्बर्गले हालै एक विज्ञप्क्ति जारी गर्दै भनेका थिए, ‘अहिले हाम्रो फेसबुक एपको मुटु नै भिडिया फिचर भएको छ, त्यसैले हाम्रा प्रयोगकर्ताको संख्या दैनिक बढिरहेको छ।
तर फेसबुकको दैनिक प्रयोगकर्ता बढे पनि पोकेमन गोले फेसबुकले कायम गरेका धेरै रेकर्ड तोडेको छ। दैनिक रुपमा हेर्दा फेुसबुकका प्रयोगकर्ताभन्दा पोकेमन गोका प्रयोगकर्ता झन्डै दोब्बर रहेका छन्।
सार्वजनिक भएको एक हप्तामा नै प्रयोगकर्ताले दैनिक ७५ मिनेट पोकेमन गोमा खर्च गर्छन् भने फेसबुकमा प्रयोगकर्ताले केबल ३५ मिनेट समय बिताउँछन्।
सेभेन डी पार्कले गरेको अनुसन्धानका अनुसार पोकेमन सार्वजनिक हुनु एक हप्ताअघि र सार्वजनिक भएको एक हप्तापछि गरीएको अध्ययनले दैनिक रुपमा युट्युबको प्रयोगकर्ता ९ प्रतिशतले घटेको तथा स्न्याप च्याटको दैनिक प्रयोगकर्ताको संख्या १८ प्रतिशतले घटेको देखाएको छ। साथै पोकेमन अहिलेसम्म धेरै डाउनलोड हुने एपसमेत बनेको छ।
नागरिक न्यूजबाट साभार
0 comments:
Post a Comment