स्वार्थवश टुक्रा टुक्रामा विभाजित नेपालका राजनीतक दलहरुको कारण लोकतन्त्रको सौन्दर्य कुरुप बन्दै

७ श्राबण २०७३ ,
दिपक चन्द,साना दलहरुसँग संख्यात्मक रुपमा उनीहरुको उपस्थिति त्यती नभए पनि सरकार वनाउने र गिराउने खेलमा उनीहरुको निर्णायक भुमिका रहँदै आएको छ । निर्वाचन आयोगले सामानुपतिक निर्वाचन प्रणालीमा न्यूनतम थ्रेसहोल्ड राख्ने भने पनि राजनीतिक दलहरुले आ आफ्नो स्वार्थका कारणले त्यो कार्यान्वयन हुन दिएका छैनन् । न्यूनतम थ्रेसहोल्ड नहुँदा एक जना मात्रै सांसद हुने राजनीतिक दलको संख्या पनि एघार पुगेको छ ।
व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने अहिले स्वतन्त्र सहित ३० राजनीतिक दल रहेका छन् । त्यसमध्ये ५ सिटभन्दा कम सांसद रहेका २० वटा राजनीतिक दल रहेका छन् । एउटा मात्रै सांसद हुने राजनीतिक दलहरुले पनि पूर्ण मन्त्रीको जिम्मेवारीका साथ काम गरिरहेका छन् । एउटै विचार र एजेन्डा भएका दलहरुले आफ्नो स्वार्थपूर्ति गर्न दल फुटाउने प्रवृत्ति समेत वढ्दै गएको छ । पछिल्लो केही वर्षयता सरकार निर्माणका समयमा भएका अभ्यास हेर्ने हो भने सरकारमै सहभागिताका लागि दल फुटने गरेका छन् ।

यी साना दलहरु वहुमतिय सरकार निर्माणका लागि निर्णायक हुने गरेका छन । राजनीतिक दलहरुको संख्यामा बृद्धि हुँदैमा लोकतन्त्र वलियो हुने,देशले स्थायित्व पाउने, सवैको प्रतिनिधित्व हुने कुरा भ्रमपूर्ण रहेको पूर्व प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतिको भनाई छ । पार्टी फुटाएर धेरै पार्टी वनाएर मात्र सवैको प्रतिनीधित्व नहुने जिकिर गर्दै वरु एउटै पार्टीमा त्यो सवै कुरा खोजिनुपर्ने उहाँको कथन छ । तर विगतमा निर्वाचनका लागि थ्रेसहोल्ड राख्ने कुरा राजनीतिक दलहरुको स्वार्थको कारण सम्भव नभएको उपे्रतीको भनाइ छ ।
विकसित मुलुकको अभ्यास हेर्ने हो भने वहुमतिय पद्धति भएका दशेमा पनि मुख्यतया दुई दलको मात्र प्रतिस्पर्धा हुने गरेको छ । यसले गर्दा एउटा राजनीतिक दललाई जनताले मन पराएनन् भने पनि अर्को रोज्न पाउँछन् । ती देशहरुमा एउटै दलको बहुमतको सरकार हुने भएकाले नेपालको जस्तो अस्थिर हुँदैनन् । तर नेपालमा भने राजनीतिक संस्कार नभएको र केही सीमित व्यक्तिहरुको हालिमुहालीले गर्दा यस्तो दुर्गती भएको राजनीतिकशास्त्रका प्राध्यापक भेषराज घिमिरेको कथन छ ।
कतिसम् मभने राजनीतिक दलरुको संख्या धेरै भएर नेपालले दोस्रो संविधान सभाको निर्वाचनमा आधुनिक प्रविधिवाट निर्वाचन गराउन सकेन । भारतवाट ल्याइएको उक्त प्रविधिवाट जम्मा ६४ ओटा राजनीतिक दलले भाग लिएको खण्डमा मतदान गराउँन सकिन्थ्यो । तर विडम्वना नेपालमा त्यसको तीन गुना राजनीतिक दल निर्वाचनमा सहभागि भए । दल खोल्न पाउँनु लोकतन्त्रको सौन्दर्य भए पनि आवश्यकता भन्दा बढी खोलिएका र स्वार्थवश टुक्रा टुक्रामा विभाजित नेपालका राजनीतक दलहरुको कारण लोकतन्त्रको सौन्दर्यलाई कुरुप बनाउँने खतरा बढ्दै गएको छ । यसलाई नियमन गर्न थ्रेसहोल्ड मात्र उपयुक्र्त विकल्प भएकोले ढिलोचाँडो यसमा सबै दलहरु सहमत हुनुपर्नेमा दुई मत छैन ।

भिडियो हेर्न यहा क्लिक गर्नुहोला ।





NEWS 24 बाट साभार 
Share on Google Plus

About Anonymous

0 comments:

Post a Comment