बालुवाटारमा राजिनामा मागेका देउवा र प्रचण्डलाई ओलीले दिए कडा जवाफ


काठमाडौं: प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बेलुका बसेको मुख्य तीन दलका शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री केपी ओलीले राजीनामा नदिने र अविश्वास प्रस्ताव सामना गर्ने अडान पेस गरेका छन्।
बैठकमा कांग्रेस सभापति शेर बहादुर देउवा र माओवादी एकता केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले राजीनामा दिएर नयाँ सरकार गठनका लागि बाटो सहज बनाइदिनुपर्ने बताएका थिए। कांग्रेस र माओवादी केन्द्रले राजीनामा मागे पछि ओलीले अविश्वास प्रस्ताव ल्याइसकेपछि अब किन राजीनामा दिने भन्दै कड्किएका थिए। ओलीले अविश्वास प्रस्ताव र राजीनामा एक साथ हुन नसक्ने बताएका थिए।
बैठकमा ओलीले राष्ट्रिय सहमतिलाई भत्काउने गरी आफूलाई रातरात हटाउन खोजिएकोमा आक्रोशसमेत व्यक्त गरेका थिए। ओलीले अविश्वास प्रस्तावमा मतदान भइसकेपछि पनि नयाँ सरकार निर्माणबारे संविधान स्पष्ट नभएकोले यसबारेमा दलहरुबीच सहमति र संविधान संशोधन आवश्यक रहेको तर्क राखेका थिए।

स्रोत अन्नपुर्ण पोष्ट 
Share on Google Plus

About Anonymous

0 comments:

Post a Comment