अच्चमको खबर यस्तो रेष्टुरेन्ट जहां बादरले अडर टिप्ने देखी लिएर खाना पनि पस्कन्छ ।

०४ श्रावण २०७३
विकाशक्रमको हिसाबले बाँदर र मानिसलाई नजिकका प्राणी मानिन्छ र बाँदरको बुद्धि पनि मानिसकै हाराहारीमा हुने विश्वास गरिन्छ । यदि यो कुरालाई यथार्थमा देख्न चाहनुहुन्छ भने जापानको टोकियास्थित काबुकी रेष्टुरेन्टमा जानुपर्छ । जान सम्भव भएन भने पनि यो समाचार पढ्दा नै आश्यचर्यजनक तथ्य थाहा पाउनुहुनेछ ।

काबुकी रेष्टुरेन्ट यसकारण चर्चामा छ की त्यहाँ वेटरको काम बाँदरले गर्दछ । बाँदर वेटरले केवल मेनू देखाउने मात्र होइन खानाको अर्डर लिने र अर्डर बमोजिमको खानेकुरा ल्याएर टकार्नेसम्मको काम गर्दछ ।  बाँदरले पनि आम वेटरले जस्तै कपडा लगाउँछन् ।

मानिसहरु खानाको स्वादले भन्दा पनि वेटर बाँदर हेर्नको मज्जाले धेरै यो रेष्टुराँमा छिर्दछन् ।  रेष्टुराँका मालिकका अनुसार घरमा पालेको बाँदरले आफ्नो देखासिकी गरेर काम गर्न थालेपछि उनलाई बाँदरलाई वेटर बनाउने आइडिया फुुरेको रहेछ ।

येट चेन र फुकु चेन नामका बाँदर यो रेष्टुरेन्टमा सन् २००८ देखि काम गर्दै आएका छन् । रेष्टुरेन्टमा ग्राहक छिरेसँगै यी बाँदर सेवामा लागिहाल्छन् । एउटाले पाहुनाका लागि कुर्सी मिलाइदिन्छ भने अर्कोले हात पुछ्ने टावेल टकार्छ । अनि पाहुना कुर्सीमा बसेसँगै एउटा मेनू लिएर आउँछ र अर्डर लिन्छ । अर्कोले चाहीँ अर्डर बमोजिमको खानेकुरा ल्याएर टकार्दछ ।

जापानी कानून अनुसार जनावरलाई २  घण्टाभन्दा बढि काममा लगाउन पाइँदैन । त्यसैले रेष्टुरेन्टमा अहिले यी दुई बाहेक अरु बाँदर पनि राखिएको छ ।

अनलाईन खबरबाट साभार
Share on Google Plus

About Anonymous

0 comments:

Post a Comment