तीन बजेसम्मको अल्टिमेटम नै दियो राजीनामाका लागि माओवादीले दियो केपी ओलीलाई

काठमाडौं–
माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामाका लागि ३ बजेसम्मको अल्टिमेटम  दिएको छ ।

माओवादी केन्द्रको केहिबेरअघि सम्पन्न संसदीय दलको बैठकले तीन बजेसम्मको अल्टिमेटन दिँदै त्यतिबेलासम्म पनि राजीनामा नआए कांग्रेससँग मिलेर संसदमा अविस्वासको प्रस्ताव लैजाने निर्णय गरिएको नेता गिरीराजमणि पोखरेलले जानकारी दिए ।

यसअघि कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पनि प्रधानमन्त्रीको राजीनामा मागेको थियो भने माओवादीसँग भएको ७ बुँदे सहमति अनुमोदन गरेको थियो ।

कांग्रेसले ७ बुँदे अनुमोदन गरेसँगै अब माओवादी–कांग्रेस गठबन्धनको सरकार बन्ने देखिएको छ रातोपाटीले लेखेको छ ।
Share on Google Plus

About Anonymous

0 comments:

Post a Comment