नेपाली कांग्रेसको केदिय समितिको बैठक नया सरकार गठन र पार्टीको भुमिकाबारे छलफल

२९ असार,
काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन माओवादी केन्द्रले फिर्ता लिएसँगै सरकार गठनबारे छलपल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक जारी छ ।

माओवादी सरकारबाट बाहिरिएपछि उत्पन्न परिस्थितमा नयाँ सरकार गठन र पार्टीको भूमिकाबारे छलफल गर्न बैठक बस्न लागेको नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले जानकारी दिए । उनले सरकारको नेतृत्वको विषयमा आज बस्ने बैठकले ठोस निर्णय गर्ने बताए ।

बहुतमा रहेको सरकार अल्पमतमा परेपछि स्वतः अपदस्थ हुने संसदीय परम्परा रहेको भन्दै केसीले सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्नु स्वभाविक भएको बताए । उनले भने, ‘अहिलेको परिस्थितिलाई हेरेर हामी वैकल्पिक नेतृत्व पनि स्वीकार गर्न सक्छौं ।’ माओवादीले समर्थन फिर्ता गरेसँगै सरकार अल्पमतमा परेको भन्दै कांग्रेसले प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने र नयाँ सरकार गठनको बाटो खुल्ला गर्नुपर्ने जनाएको छ ।

यसअघि मंगलबार ओली नेतृत्वको सरकारबाट बहिर्गमन गरेको माओवादी केन्द्रले कांग्रेसले लिखित रुपमै माओवादी केन्द्रको नेतृत्वमा सरकारमा जान तयार रहको बताएको थियो ।
Share on Google Plus

About Anonymous

0 comments:

Post a Comment