श्रावण ७, २०७३ स्याङ्जाको चापाकोट नगरपालिका स्थित ठाटी भञ्ज्याङमा पहिरोले पुरेर दुई बालकको मृत्यु भएको छ । पहिरो खस्दा कुवामा पानी खेलिरहेका १२ बर्षीय समीर शाही र १४ बर्षीय अञ्जन मल्लको मृत्यु भएको प्रहरी निरिक्षक उत्तम बरालले जानकारी दिनुभयो । यस्तै, प्युठानको फोप्ली–९ मैरामारेको बांगेसल्लामा अविरल बर्षासंगै गएराति पहिरो खस्दा तीन घर पुरिएका छन् । स्थानीय यम बहादुर घर्ति, अविराम घर्ति र थम बहादुर घर्तिको घर पहिरोले पुरेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । पहिरोमा परि हराईरहेकी अविरामकी १२ वर्षिया छोरी बालमती घर्तिको दिनभर खोजीकार्य गरिएको प्रहरी नायव उपरिक्षक रंजितसिह राठौरले जानकारी दिनुभयो । यस्तै, अविरल वर्षाका कारण ढुंगेगढीको खहरेखोला आएपछि विहानैदेखि भालुवाङ–प्यूठान सडक अवरुद्ध भएको छ । अवरुद्ध सडक खुलाउने प्रयास भईरहेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिनुभयो ।
साभार रेडियो कान्तिपुरबाट
0 comments:
Post a Comment