काग्रेस नेताद्धय देउवा र पौडेललाई मन्त्रि छान्न हम्मे हम्मे !

काठमाडौं, ११ साउन - प्रधानमन्त्री केपी ओलीले राजीनामा दिएर नयाँ सरकार गठनमा मार्ग प्रशस्त गरेपछि कांग्रेस माओवादी आ–आफ्नो दलमा मन्त्री छान्न व्यस्त छन्।

सोमबार राष्ट्रपति विद्या भण्डारीले प्रमुख तीन दलका अध्यक्षलाई बोलाएर सात दिनभित्र सहमतीय सरकार गठनका लागि आह्वान गरेलगत्तै सरकारमा सहभागी हुने दलभित्रै मन्त्री बन्नुपर्ने भन्दै लविङ गर्नेको संख्या बढको छ।

नेपाली कांग्रेसभित्र मन्त्रीको नाम टुंगो लगाउन सभापति शेरबहादुर देउवालाई हम्मे हम्मे परेको उनी निकट स्रोतले जनाएको छ।

देउवा मात्र होइन, बरिष्ठ नेता रामचन्द्र पौडेलसमेत यतिबेला दबाबमा परेका छन्। पौडेल निवासमा यतिबेला मन्त्री बन्ने आकाक्षीको लाइन लाग्ने गरेको छ। पौडेलको कोटामा ६ जना मन्त्री बन्ने भाग गरेको तर मन्त्री बन्ने आकाक्षी धेरै भएपछि पौडेल दबाबमा छन्। यसैबीच कांग्रेसले यो पटक ५० प्रतिशत नयाँ अनुहारलाई मन्त्रीमण्डलमा समावेश गर्ने भएको छ। एकै व्यक्ति धेरै पटक सरकारमा जाँदा नराम्रो सन्देश जाने भन्दै नयाँ अनुसारलाई मौका दिने तयारी कांग्रेसले गरेको हो।

तर कसको नेतृत्वमा सरकारमा सहभागी हुने भन्ने विषमया कांग्रेसभित्र विवाद छ। देउवा निकट तथा वर्तमान गटबन्धनका सुत्रधार मानिने विमलेन्द्र निधि आफूले सरकारको नेतृत्व गर्न पाउनु अडानमा छन भने अर्का नेता गोपालमान श्रेष्ठ जनआन्दोलनका बेला आफूले कार्यवहाक सभापति भएर आन्दोलनको नेतृत्वका गरेको भन्दै आफ्नो नेतृत्वमा सरकारमा सहभागी हुनुपर्ने अडानमा छन। पार्टीबाट सरकारको नेतृत्व गरेर पौडेलपक्षबाट डा. शेखर कोइरालाले दाबी गरेका छन्।

सुजाता कोइरालाको पनि दाबी रहँदै आएको छ।  कांग्रेसमा मन्त्री हुनेको लाइनमा रमेश लेखक, चन्द्र भण्डारी, फर्मुल्लाह मन्सुर, बालकृष्ण खाँड, प्रकास शरण महत, मीन विश्वकर्मा, पद्ननारायण चौधरी, एनपी साउद, अमृत अर्याल, महेन्द्र यादव , रामहरि खतिवडा देउवा पक्षका आकाक्षी हुन् भने पौडेलपक्षबाट रामशरण महत, महेश आचार्य, नविन्द्रराज जोशी, कमला पन्त, धनराज गुरुङ दिपक गिरी, बद्री पाण्डे, जीवन परियार र राजन केसी मन्त्रीका आकाक्षी हुन्।

DC nepal बाट साभार

Share on Google Plus

About Anonymous

0 comments:

Post a Comment