दलितले टिका लगाइदिएको निहुंमा बेहुलिको टिका पुछियो थालि पखालेर पुन टिका लगाईयो ।

रामेछाप,
रामेछाप गेलु गाविस-७ मा दलित समुदायका निम्तालुले बेहुलीलाई टिका लगाइदिएको आरोपमा स्थानीय गैरदलित समुदायको एक समूहले टिका पखालेर पुनः टिका लगाइदिएका छन् । यो विषयलाई लिएर दलित समुदायले आफूहरू माथि जातीय विभेद भएको भन्दै विरोध जनाएका छन् ।

स्थानीय सिताराम लोहारका अनुसार गेलु-७ को पेटासीका दुर्गाबहादुर पुलामीकी छोरी हिरा पुलामी मगरको असोज २५ गते भएको वैवाहिक कार्यक्रममा स्थानीय दलित समुदायका मानिसहरूलाई समेत बोलाइएको थियो ।विवाहमा आएका दलित समुदायका निम्तालु
ले बेहुलीलाई टिका लगाएर दक्षिणा दिन खोजेपछि गैरदलित समुदायको उक्त समूहले उनीहरूलाई टिका लगाउने थाली र स्थान समेत छुट्टै बनाइदिएका थिए । सोही स्थानमा गएर उनीहरूले बेहुलीलाई टिका लगाइदिएको लोहारले बताए ।

दलित समुदायका निम्तालुले टिका लगाइदिए पछि गैरदलित समुदायका निम्तालुले बेहुलीको टिका पखालेर थालीसमेत माझेर पुनः टिका लगाउन लागेपछि दलित समुदायका निम्तालुले त्यसको विरोध गरेका थिए ।

सोही विषयलाई लिएर दलित र गैरदलित समुदायका निम्तालुहरू बिच विवाद भएको थियो । सो क्रममा स्थानीय टिका पुलामीलगायतका मगर समुदायका निम्तालुहरूसँग दलित समुदायका सिताराम लोहार, रवि विक, मिनबहादुर विकलगायतले जातीय विभेद नगर्न अनुरोध गरेका थिए ।

टिका पुलामीलगायतले दलित समुदायले छोएको आफूहरूले चलाउन नसक्ने भन्दै सोही कार्यक्रममा अपमान र गाली बेइज्जती गरेको सिताराम लोहारले आरोप लगाए ।यो घटना सार्वजनिक गरे गाउँ निकाला गर्ने धम्की दिएको लोहारले बताए । यस विषयमा आफूले राष्ट्रिय दलित आयोगलाई समेत जानकारी गराइसकेको उनले इन्सेक रामेछाप जिल्ला प्रतिनिधिलाई बताए


दलित अनलाईन बाट साभार
Share on Google Plus

About Anonymous

0 comments:

Post a Comment