४ छोरा ३ छोरीकी ९० बर्षिय बृद्ध आमा घर निकाला गरि साहारा बिहिन

सुर्खेत,
विरेन्द्रनगर १३ सुर्खेतकी ९० वर्षिय पिपीराकी सदैन विविलाई घरवाट निकालिए पछि अल्पत्र भएकी छिन् ।

घरमा छोरा बुहारीले वेवास्ता गरेपछि उनी मागेर नै साँझ विहानको छाक टारीरहेकी बताईन् । ४ छोरा र ३ छोरी भएकी बृद्धलाई छोरा छोरीले सहारा नदिए पछि उनी बाध्य भएर बजारमा माग्न हिडेको दुखेसो पोखिन् ।

उनी आँखाबाट आँशु झार्र्दै भनिन्–“लोग्ने मरेको १८ वर्ष भइसक्यो, आफ्ना छोरा छोरीलाई धेरै दुखः गरेर लालनपालन गरे तर, बुढेसकालमा आएर सहार भन्ने कोही छैन ।” उनी केही समय आफन्त कहाँ गएर दिन विताए । र केही समय छोरीका घरमा गएर वसेकी थिए ।

तर आफन्त कहाँ गएर पनि कति दिन बस्नु भन्दै अहिले माग्न हिडेकी हुँ । जेठो छोरा हम्मीतखाँ भारत छ, माइलो छोरा मरिसक्यो, साइलोको दिमाग ठिक छैन, कान्छोले बुहारी ल्याएर अलगै बसी रहेको उनले बताईन् । उनी दिन भर वजारमा माग्दै हिड्छिन् र भन्छिन् “मलाई सइग गर बा तिमेरो दैपाले राम्रै गर्नेछन्” । बुढेसकालमा साहारा विहीन भएकी बृद्धा आफू एक वर्ष यता मागेरै गुजारा गरेकी बताईन् ।
साभार :-hamrosanchar.com बाट

Share on Google Plus

About Anonymous

0 comments:

Post a Comment