२३ भदौ, काठमाडौं ।
थानकोटको चन्द्रागिरिमा गोली चलेको छ ।
प्रहरीलाई लक्षित गर्दै चार जनाको एक समुहले दुई राउण्ड गोली चलाएपछि प्रहरीले जवाफी कारबाही गरेको थियो ।
बलम्भुस्थित गौथली चोकबाटमा ना १ ज ३९४८ नम्बरको शंकाष्पद अवस्थाको टाटासुमोलाई पिछा गर्दा प्रहरीमाथि चन्द्रागिरि जंगल नजिक पुगेपछि आक्रमण भएको थियो ।
आक्रमणकारी चार जना रहेको र उनीहरु भागेको थानकोट बृत्तका डीएसपी कृष्ण पंगेनीले जानकारी दिए । पंगेनीले भने,’हामीले शंका लागेर गाडीको पिछा गर्यौ जंगल नजिक
पुगेपछि हामीमाथि गोली आक्रमण भयो’ पंगेनीले भने ‘टाटासुमोमा पैसा राख्ने सेफ बरामद भएको छ, सेफको अवस्था र बनावट हेर्दा बैंक वा वित्तिय संस्थाबाट लुटिएको रकम वा पुरातात्विक महत्वको सामाग्री भएको अनुमान गर्न सकिन्छ ।’
प्रहरीलाई गोली चलाएर भागेका ४ जनाको खोजी भइरहेको पंगेनीले बताए । काठमाडौं बाट सर्लाही चल्ने टाटासुमोका साहुको पहिचान भएको प्रहरीले जनाएको छ ।
अनलाईन खबरबाट साभार
0 comments:
Post a Comment