६ साउन २०७३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय कोहलपुरको टोलीले दाङमा डेढ लाख बढि घुस सहित एक जना इञ्जिनियरलाई रङ्गेहात पक्राउ गरेको छ ।
आयोगको टोलीले जल उत्पन्न प्रकोप नियन्त्रण फिल्ड कार्यालय लमहीका इञ्जिनियर रामदुलारी शरण भगतलाई १ लाख ५७ हजार रुपैयाँ घुस सहित रङ्गेहात पक्राउ गरेको हो ।
जिल्लाको गोवरडीहा गाविस ८ खहरे भालुखोलामा तट्वन्धका लागि तारजाली योजना वाफतको १७ लाख ९३ हजार ६ सयको बजेट करकट्टी गरेर १ लाख ५७ हजार रुपैयाँ घुस वुझदै गर्दा उनलाई पक्राउ गरिएको बताइएको छ ।
अख्तियारको सम्पर्क कार्यालय कोहलपुरका एसपी दिपक थापाको नेतृत्वमा गएको टोलीले उनलाई लमही नगरपालिका ११ लमही स्थित डेरावाट घुस लिदै गर्दा पक्राउ गरेको हो ।
रङ्गेहात पक्राउ परेका भगतलाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिएर अनुसान्धन सुरु गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय कोहलपुरले जनाएको छ ।
साभार DcNepal.com वाट
0 comments:
Post a Comment