बोलचालै समेत बन्द भएको रेखा थापा र आर्यन सिग्देलले एक कार्यक्रमै गरे अंकमाल




नया घटना डट कम:-
नेपाली चलचित्रका नायक आर्यन सिग्देल र नायिका रेखा थापाविच चलचित्र ‘कसले चोर्‍यो मेरो मन’ बोलचाल बन्द भएको थियो

यी दुइलाई एकसाथ पर्दामा ल्याउन पनि कुनै निर्माता-निर्देशकले सकेका थएनन् । तर, शनिबार मात्र आयोजना गरिएको ‘फान अवार्ड’ भने यी दुइले एक आपसमा अंकमाल गरे । रेखा र आर्यनले अंकमाल गर्दा अबस्थामा हलमा उपस्थित सबैले ताली को गजगजाट भयो ।
जब, उत्कृष्ट नायकको विधामा अवार्ड प्रदान गर्न नायिका रेखा थापालाई निम्त्याइएको थियो, धेरैले आर्यन र रेखा एउटै स्टेजमा हुने अड्कल काँटिसकेका थिए । नायिका थापाले नै उत्कृष्ट नायकको घोषणा गरिन् ।

तर, उनले आर्यनको नाम घोषणा गर्नुअघि आफ्नै ब्यानरबाट भित्राएको नायक भन्दै आर्यनको तारिफ गरिन् । आर्यनको अभिनयसँगै उनी ह्यान्डसम रहेको भन्दै रेखाले प्रशंसा गरिन् ।

आर्यन स्टेजमा पुगेसँगै रेखासँग अंकमाल गरे । रेखा र आर्यनले लामो समयपछि एकआपसमा यसरि अंकमाल गरेका थिए ।

अब, यो अंकमालले यी दुइको सम्बन्धमा सुधार ल्याउँछ या ल्याउदैन हेर्न बाँकी छ ।


स्रोत अनलाईन खबर
Share on Google Plus

About Krishna regmi

0 comments:

Post a Comment